प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न असफल

तामसालिङ खबर
२७ बैशाख २०७८, सोमबार १८:२३

बैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे । १५ जना सांसद तटस्थ बसे । मतदानमा कूल २३२ सांसद उपस्थित थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए । जसपाकै महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो । एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे।

विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री संविधानबमोजिम स्वतः पदमुक्त भएका छन् । संविधानको धारा एक सयको उपधारा ३ मा ‘उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*