गण्डकीमा १० दिन मन्त्री बनेका मनाङेको ‘भविष्यवाणी’

तामसालिङ खबर
२७ बैशाख २०७८, सोमबार ०६:३०

बैशाख, पोखरा – दीपक मनाङे अर्थात् राजीव गुरुङ गण्डकी प्रदेशमा आफैले गरेको भविष्यवाणीभन्दा १ दिन बढी मन्त्री भएका छन्।

१६ वैशाखमा नियुक्ति र सपथपछि उनले सरकार १० दिनभन्दा बढी नटिक्ने प्रतिक्रिया दिएका थिए । सोमबार उनी मन्त्री बनेको ११ दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए संगै राजीवको मन्त्री पद पनि गएको छ ।

मन्त्री भएपछि राजीवले, ‘यो सरकार १० दिन पनि टिक्दैन, तर म जति बस्छु, राम्रो गर्छु।’ यसबीचमा उनले प्रदेश खेलकुद परिषद भवनको शिलान्यास गर्न भ्याए। बधाई थापे, बैठकहरुमा सहभागी भए। त्यतिमै उनको कार्यकाल बित्यो।

२ वैशाखमा आफूविरुद्ध दर्ता अविश्वास प्रस्तावमा मत विभाजन हुने भनेर निर्धारित १५ गते राजीव संसदमा अनुपस्थित भएको भोलिपल्ट मुख्यमन्त्रीले उनलाई मन्त्री बनाएका थिए ।

स्वतन्त्र हैसियतका सांसद राजीवले अविश्वास प्रस्तावको पक्षमा मतदान गरी विपक्षी गठबन्धनको मन्त्री बन्ने सम्भावना अन्त्य गर्न मुख्यमन्त्री गुरुङले उनलाई मन्त्री बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*