मकवानपुरमा काेराेना पुष्टि भएका १३ जनाकाे मृत्यु

ताम्सालिङ खबर
२६ बैशाख २०७८, आईतवार १८:२०

बैशाख, हेटौडा – मकवानपुरको हेटौंडा अस्पतालमा आइतबार बिहान २ जना काेराेना संक्रमण पुष्टि भएका पुुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरीका ६५ वर्षीय पुरूष तथा थाहा नगरका ३८ वर्षीय पुरूष रहेकाे अस्पतालले जनाएकाे छ । यो सँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमण पुष्टि भएकाकाे मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा ४ जना संक्रमितको मृत्यु भएको छ । आज बिहान थप २ जना संक्रमितको मृत्यु भए संगै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ पुगेको हो । मनहरी ९ का काेराेना संक्रमण भएका पुरूषलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा उपचारको लागि ल्याईएको थियो ।

संक्रमित पुरुष प्रेसर,थाइराईड,सुगर रोगबाट पीडित रहेका थिए । थाहा नगरपालिको ३ का काेराेना संक्रमित ३८ वर्षीय पुरुष लाइ थप उपचारकाे लागि हेटाैडा अस्पताल ल्याइएकाेमा मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

गत बैशाख १९ गते राति ९ बजे हेटौंडा-१ का ५५ वर्षीय काराेना संक्रमित पुरुषकाे हेटाैडा अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । यस्तै बैशाख २० गते बिहान ६ बजे काेराेना पुष्टि भएका बारा जिल्लाका ४६ वर्षीय पुरुष तथा बिहान ९ बजे महोत्तरी जिल्लाका ५० वर्षीय महिलाकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे ।

यस्तै बैशाख २१ गते बिहान ४ बजे काेराेजा संक्रमित हेटौंडा-६ की ४१ वर्षीया महिला तथा दिउँसो १ बजे बाराका २१ वर्षीय पुरुष मृत्यु भएकाे थियाे । बैशाख २२ गते ४ बजे मकवानपुरगढी-५ का ६८ वर्षीय पुरुषकाे समेत उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

यसैगरी बैशाख २३ गते बेलुका ६ बजे रौतहट चुपरका ३८ वर्षीय काेराेना संक्रमित पुरुषकाे मृत्यु भएकाे थियाे भने बैशाख २४ गते दिउँसो ४ बजे हेटौंडा-४ की काेराेना संक्रमण पुष्टि भएका ३७ वर्षीय महिला तथा दिउँसो ५ बजे हेटौंडा ७ का ४० वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे ।

बैशाख २५ गते दिउँसो ४ बजे हेटौंडा-५ का ६५ वर्षीय पुरुष र दिउँसो ३ बजे बारा सिमरनगढ-१ का ३४ वर्षीय पुरुषकाे समेत काेराेना उपचारकाे क्रममा मृत्यु भएकाे हेटाैडा अस्पतालले जनाएकाे छ ।

हालसम्म मकवानपुरमा कोरोना संक्रमण पुष्टि भइ मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*