खेलकुद मन्त्री बनेका दिपक मनाङेको मन्त्री पद १० दिनमै गुम्यो

तामसालिङ खबर
२६ बैशाख २०७८, आईतवार १९:११

बैशाख, पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा सँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लाे समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री गुरुङले आफु विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् । मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*