कैलाश गाउँपालिका उपाध्यक्षलाई कोरोना पोजिटिभ, संक्रमित संख्या ४३ पुग्यो

जयराम मोक्तान
२४ बैशाख २०७८, शुक्रबार १८:४२

बैशाख, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङलाई कोरोना पोजिटिभ देखिएको छ ।

ज्वरो आउने, खोकी तथा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखा परेपछि कोरोना परिक्षणको क्रममा बिहिबार उहाँलाई कोरोना सङ्क्रमण देखिएको हो । उहाँ हाल आफ्नै निवास कैलास -९ नामटारमा आईसोलेटेड हुनुहुन्छ ।

हाल उहाँको स्वास्थ अबस्था सामान्य रहेको कैलाश गाउँपालिकाका स्वास्थ संयोजक श्याम सुन्दर महतोले बताउनु भयो । थिङ सहित बिहिबार ९ नम्बर वडाका २६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

यो सँगै कैलाशमा सङ्क्रमितहरुको सङ्ख्या ४३ पुगेको छ । सङ्क्रमितहरु अधिकांश होटोल व्यावसायि र बिभिन्न पसल सन्चालकहरु रहेका छन । होटल तथ अन्य व्यावसायिहरुमा कोरोना देखिए पछि अहिले नामटार बजार पुरै सुनसान रहेको छ ।

त्यसै गरि सङ्क्रमित हरु सङ्ख्य ह्वात्तै बढे पछि अस्थायी आईसोलेसन निर्माणको थालिएको छ । कैलाश -९ नामटार बजारमा १० बेड सहितको आईसोलेसन निर्माण थालिएको छ । आईसोलेसनमा एक जना डाक्टरको ब्यबस्था मिलाईएको स्वास्थ संयोजक महतोले बताए । आईसोलेशनका लागि १० सिलिन्डर अक्सिजनको ब्यबस्थापन भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*