प्रेस संगठन मकवानपुरले पत्रकारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

तामसालिङ खबर
२० बैशाख २०७८, सोमबार १८:३५

बैशाख, हेटौंडा – प्रेस संगठन मकवानपुरले जिल्लाका पत्रकारहरुलाई एम्बुलेन्स सेवा चाहिएमा निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

संगठनले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार एक वक्तव्य जारी गर्दै विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण उत्पन्न विपद्को यस घडीमा संगठनको तर्फबाट जोखिम अवधिभर एम्बुलेन्स सेवा दिने घोषणा गरेको हो ।

संगठनकी संयोजक अञ्जली थापाले सामाजिक सञ्जाल (फेसबुक)मा एक वक्तव्य सार्वजनिक गर्दै दिवसको शुभकामना तथा यस संकटमा संगठनको तर्फबाट हुने सहयोगबारे जानकारी दिएकी हुन् ।

सक्रिय संक्रमितको दर बढ्दै गइरहेको र जिल्लाका ५ जना पत्रकारहरु समेत संक्रमणमा रहेको अवस्थामा सजग भएर संचारकर्मी जुट्न संगठनले अनुरोध गरेको छ ।

संयोजक थापाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै सञ्चारकर्मीहरुमा शुभकामना व्यक्त गरेकी छन् । दिवसको शुभकामना व्यक्त गर्दै उनले सकेसम्म सबैजना सुरक्षित भएर बस्न समेत आग्रह गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*