संक्रमितको उपचारमा समन्वयको लागि तरुण दलको सक्रियता

तामसालिङ खबर
२६ बैशाख २०७८, आईतवार १५:०१

बैशाख, हेटौंडा – कोरोना महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा समन्वयको लागि नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले सक्रियता देखाएको छ । तरुण दल मकवानपुरको आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गर्नको लागि विभिन्न चार वटा समिति गठन गरेको हो ।

रोज थापामगर, नितेश लामा र राजु विष्ट सदस्य रहेको अक्सिजन व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी अन्जना उपाध्याय,सचित थापा र गोपी खड्का सदस्य रहेको रगत व्यवस्थापन समिति गठन गरिएको छ । निराजन वर्तौला, आशिष थापा र रुपकराज दाहाल सदस्य रहेको एम्बुलेन्स व्यवस्थापन समिति गठन गरिएको छ ।

अस्पताल तथा आइसोलेसन व्यवस्थापन समितिको सदस्यहरुमा राजकुमार बास्तोला, रुपेश केसी र सन्तोष सापकोटा रहेका छन् । चार वटै समितिहरुले विषयगत कामहरुमा सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी संक्रमितलाई अक्सिजनको व्यवस्थापन, रगत चाहिएमा सोको व्यवस्थापन, आइसोलेसन तथा अस्पतालको व्यवस्थापन र अस्पतालसम्म पुग्न बिरामीलाई एम्बुलेन्स सेवाको लागि समन्वय गर्ने नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।

चारवटै समितिलाई परिचालनको लागि अध्यक्ष ईश्वर पाठकलाई संयोजनको जिम्मेवारी दिइएको छ । सबै समितिहरुले आ–आफ्नो जिम्मेवारीअनुसार तत्काल परिचालित हुने अध्यक्ष पाठकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*