डीभी २०२२ को नतिजा सार्वजनिक

तामसालिङ खबर
२६ बैशाख २०७८, आईतवार ०७:५०

बैशाख, काठमाण्डौ – सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा प्रकाशित भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार शनिबार राति पौने १० बजे डीभीको नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ ।

छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत नपठाउने बताएको छ ।

नतिजा हेर्नका लागि : https://dvprogram.state.gov

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*