चिनियाँ खोपलाई आपतकालिन प्रयोगको अनुमती

तामसालिङ खबर
२५ बैशाख २०७८, शनिबार ०९:००

बैशाख, हेटौंडा – विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चिनिया कम्पनी सिनोफार्मद्धारा निर्मित कोरोना बिरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागी अनुमती दिएको छ ।

चीन लगायत विश्वका कयौं राष्ट्रहरुमा करौडौ जनताले लगाइसकेको खोपलाई डब्ल्युएचओले आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो । यसअघि डब्ल्युएचओले फाइजर, एस्ट्राजेनेका, जोनशन एण्ड जोनशन र मोर्डनालाई अनुमती दिएको थियो ।

डब्ल्युएचओले मान्यता दिनुअघि अफ्रिका, ल्याटिन अमेरिका, र एसिकाका थुप्रै राष्ट्रहरुले यो खोपलाइ मान्यता दिइसकेका छन् । चीनको यो खोपलाई डब्ल्युएचओले मान्यता दिएसंगै १८ बर्षभन्दा माथिका उमेर समुहलाई एक मात्रा मात्र दिए पुग्ने पनि स्पष्ट पारेको छ ।

डब्ल्युएचओले चीनको औषधी उत्पादक कम्पनी सिनोभेकले तयार पार्दै गरेको अन्य खोप र रुसले तयार पारेको स्पुतनिक भीका बारेमा भने अध्ययन अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*