उज्यालो नेटवर्कका पत्रकारद्वयलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

तामसालिङ खबर
२५ बैशाख २०७८, शनिबार ०६:००

बैशाख, काठमाण्डौ – सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा प्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान गर्न गर्न सकिने अवस्थामा प्रहरीले गरेको पक्राउ अनुचित र गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो ।

प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा ललितपुर पत्रकार महासंघले हालेको बन्दीप्रत्येक्षीकरण रिट दिएको थियो । प्रहरीले कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा वैशाख १२ गते पक्राउ गरेको थियो।

अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो । उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमा समेत मागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*