राष्ट्रियसभा सदस्यमा मेरो जित पक्का छ – गृहमन्त्री थापा

तामसालिङ खबर
२४ बैशाख २०७८, शुक्रबार १८:४५

बैशाख, हेटौंडा – नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताएका हुन्।

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*