अत्यावश्यक सवारीसाधन चलाउन यातायात व्यवसायी महासंघकाे माग

तामसालिङ खबर
२१ बैशाख २०७८, मंगलवार १३:४९

बैशाख, काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ ।

महासघका महासचिव सरोज सिटौलाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्दै निषेधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरहेका हुन् ।

‘पछिल्लो समय कोरोना सङ्क्रमणका कारण थुप्रै यातायात व्यवसायी, मजदुर तथा यात्रु सङ्क्रमित हुनुका साथै थुप्रै व्यवसायी, मजदुर तथा यात्रुले अकालमै ज्यान गुमाएका छन्,’ विज्ञप्तिमा भनिएकाे छ, ‘यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न सबैलाई आग्रह गर्दछु ।’

उनले कोरोना संक्रमणका कारण अकालमा ज्यान गुमाएका यातायात व्यवसायी मजदुर तथा यात्रुको आत्माको शान्तिको कामना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*