माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

तामसालिङ खबर
२१ बैशाख २०७८, मंगलवार १८:०३

बैशाख, काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पाेखरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ ।

यस्तै माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीको चाल खतरनाक हुन सक्ने भन्दै अरू दलहसँग छलफल गरेर आउँदा योजना बनाउने निर्णय गरेको नेता पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*