लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

तामसालिङ खबर
१९ बैशाख २०७८, आईतवार १९:४२

बैशाख, लुम्बिनी – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनु भएको छ ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*