बागमती प्रदेश सामाजिक विकासमा बस्नेत नियुक्त

तामसालिङ खबर
१५ बैशाख २०७८, बुधबार १३:०८

बैशाख, हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । थपिने मन्त्री र राज्यमन्त्रीहरुको अहिले अपराह्न ४ बजे सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

स्रोतले दिएको जानकारी अनुसार सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेत नियुक्त हुँदै छिन् । सोही मन्त्रालयको राज्यमन्त्रीमा धादिङ्का डा. रामकुमार अधिकारी नियुक्त हुने भएका छन् ।

त्यसबाहेक सिन्धुपाल्चोकका सरेश नेपाल र नुवाकोटका केशवराज पाण्डे पनि मन्त्री हुँदै छन् । यी दुईलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने कुरा अहिलेसम्म टुंगिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*