बुधबार विहान मकवानपुरमा ६० जना संक्रमित थपिए

तामसालिङ खबर
१५ बैशाख २०७८, बुधबार ११:२०

बैशाख, हेटौंडा – मकवानपुरमा आज बुधबार विहान थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पताल र बनस्खण्डी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा १ सय ३९ जनाको परीक्षण गरिएकोमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्ष भोला चौलागाईका अनुसार संक्रमण पुष्टि हुनेहरुमा २१ जना महिला र ३९ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरापालिकाका विभिन्न वडाका ५६ जना रहेका छन् भने भिफेदी गाउँपालिका वडा नम्बर ८ र ९ का एक एक जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, जिल्ला बाहिर बारा अम्लेखगन्जका एक जना र ठेगाना नखुलेका एकजना रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*