सर्वोच्च अदालतले पत्रकार तामाङ र लामालाई पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश जारी

तामसालिङ खबर
१४ बैशाख २०७८, मंगलवार १९:०१

बैशाख, काठमाडौं – उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक र महा–प्रबन्धकलाई पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतले कार्यकारी सम्पादक अनिश तामाङ र महा–प्रबन्धक प्रभात लामा पक्राउविरुद्धमा परेको रिटमा पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश गरेको छ ।

पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले दर्ता गरेको बन्दीप्रत्येक्षीकरण रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

तामाङलाई आइतबार उज्यालो नेटवर्कको कार्यालयबाट पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*