नागरिकता र राहदानी बनाउन मकवानपुरमा निश्चित दिन तोकियो

तामसालिङ खबर
१३ बैशाख २०७८, सोमबार १९:५७

बैशाख, हेटौंडा – कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउनका लागि निश्चित दिन तोकेको छ ।

सूचनामा थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रसरोबर गाउँपालिकाका सेवाग्राही नागरिकता तथा राहदानी आइतबार र सोमबार आउन भनिएको छ ।

त्यस्तै, बागमती, बकैया, मकवानपुरगढी र भिमफेदी गाउँपालिका सेवाग्राहीलाई सोमबार र बुधबार आउन भनिएको छ भने मनहरी र हेटौंडा उपमहानगरका सेवाग्राहीलाई बिहिबार र शुक्रबार नागरिकता तथा राहदानी सम्बन्धी सेवा लिन आउने भनिएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न यसो गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*