उज्यालो नेटवर्क अनलाइनका पत्रकारहरूलाई रिहा गर्न माओवादी केन्द्रको माग

तामसालिङ खबर
१४ बैशाख २०७८, मंगलवार १९:२७

बैशाख, काठमाण्डौ – नेकपा माओवादी केन्द्रले पक्राउ परेका उज्यालो नेटवर्क अनलाइनका पत्रकारहरूलाई अविलम्ब रिहा गर्न माग गरेको छ।

मंगलबार अपराह्नमा बसेको स्थायी कमिटीको बैठकले समाचार लेखेको भरमा पक्राउ गरिएका पत्रकारहरूलाई रिहा गर्न माग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रेस काउन्सिलले गरेको निर्णयबाहिर गएर र अदालतको आदेशलाई ठाडो उल्लंघन गरेर आतंकित पारेको प्रवक्ता श्रेष्ठले बताए।

‘पक्राउ गर्ने जो कार्य गरेको छ। यो प्रेस जगतमाथि नियन्त्रण गर्ने दमनकारी क्रियाकलाप छ। यसको पार्टीले निन्दा तथा भ्रर्त्सना गरेको छ र गिरफ्तार गरिएका पत्रकारहरूलाई अविलम्ब रिहा गर्न पनि माग गरेको छ,’प्रवक्ता श्रेष्ठले भने।

प्रहरीले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा-प्रबन्धक प्रभात लामालाई पक्राउ गरेको थियो । प्रहरीले कार्यकारी सम्पादक तामाङ र महा-प्रबन्धक लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा आइतबार पक्राउ गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*