पिसिआर शुल्क बढी लिने ल्याबलाई कारवाही गरिने

तामसालिङ खबर
१४ बैशाख २०७८, मंगलवार १९:१८

बैशाख, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारीले मंगलबार सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिए ।

उनका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क दुई हजार तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*