मकवानपुरमा सक्रिय कोरोना संक्रमित २ सय नाघ्यो

तामसालिङ खबर
१४ बैशाख २०७८, मंगलवार १८:०५

बैशाख, हेटौडा – पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कुल ८१ जनाको स्वाव परीक्षण गर्दा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका गरी कूल ३४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र बारा जिल्लाका ३ जना रहेका छन् । मकवानपुरका यस सँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या २ सय ३५ जना पुगेको छ ।

१ सय ३६ जना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका छन् । उनकाअनुसार पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणको दर ४७ प्रतिशतले वृद्धि भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*