कोरोनाको दोस्रो कहर : हेटौंडामा आजबाट ब्युटिपार्लर र शैलुन बन्द

ताम्सालिङ खबर
१५ बैशाख २०७८, बुधबार ०८:५८

बैशाख, हेटौंडा – जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले ब्युटिपार्लर र शैलुन आजबाट अर्को सुचना नभएसम्म बन्द हुने जनाइएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा संचालित ब्युटिपार्लर र शैलुन अर्को सूचना नआएसम्मको लागि बन्द गर्ने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, उक्त बैठकले सेवाग्राहीहरुको अत्याधिक भिडभाड हुने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौँडा मकवानपुर र प्रदेश यातायात सेवा कार्यालय हेटौँडा, मकवानपुरको कार्यालय आन्तरिक कार्य बाहेक अन्य सबै प्रकारका सेवाहरु पनि भोलिको मितिबाट अर्को सूचना नआएसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रशासनको यसअघि बसेको बैठकले हेटौँडामा यातायात सेवालाई जोड–बिजोड प्रणाली लागू, मकवानपुर जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाई र ती नाकाहरुबाट प्रवेश गर्ने यात्रुहरुको ज्वरो नाप्ने र परीक्षण गर्ने निर्णय गरेको थियो ।

हेटौँडाको तरकारी पसलहरु दिनको ४ घण्टा (बिहान ४ बजेदेखि ८ बजे) सम्म मात्र संचालन गर्न भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*