मकवानपुरको ८ स्थानीय तहमा अक्सिजन सहितको आईशोलेसनको ब्यवस्था

ताम्सालिङ खबर
१५ बैशाख २०७८, बुधबार ०८:३०

बैशाख, हेटौंडा – कोरोना भाईरसको दोश्रो कहरले नेपाललाई प्रभाव पार्न थालेपछि मकवानपुरमा भने अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी सुरु भइसकेको    छ ।

मकवानपुरको १० स्थानीय तहमध्ये ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भइसकेको र एक स्थानीय तहमा भने एकहप्ता भित्र स्थापना भइसक्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

कोभिडको सन्दर्भमा मकवानपुरको तयारीबारे भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख खुलालले कोरोना संक्रमण रोक्न करिब तयारी पुरा भएको बताए ।

कोरोनाको संक्रमणमा परेकाहरुलाई आइसोलेशनमा राख्नको लागि हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन वार्ड गौरीटारमा स्थापना गरेको छ । सुविधासम्पन्न उक्त आइशोलेसनको क्षमता १ सय ५० सम्म रहेको खुलालको भनाई रहेको छ ।

त्यस्तै, बागमती गाउँपालिकाले १० बेड, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५ बेड, इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले चालु अवस्थामा २० र तयारी थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अवको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तयार गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*