बैक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने

ताम्सालिङ खबर
१५ बैशाख २०७८, बुधबार ०८:२४

बैशाख, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोनाको संक्रमण बढ्दै गएपछि बैक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने भएका छन् ।

आलो-पालो गरेर हप्तामा तीन दिन मात्र खोल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । बिहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्र बैक तथा बित्तिय संस्थाहरु खुल्नेछन् ।

त्यस्तै, आज बुधबार देखि सम्पुर्ण शैलुन, ब्यटिपार्लर र मदिरा व्यवसाय बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर उद्योग वाणिज्य संघले सहजीकरण गर्नेगरि शैलुन, ब्यटिपार्लर र मदिरा व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

त्यसै गरि, धेरै भिड हुने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेकका अन्य सबे सेवा बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले सुचना मार्फत जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*