माओवादी केन्द्र छोडेर कतै नगएको विशालको विज्ञप्ति

तामसालिङ खबर
९ बैशाख २०७८, बिहीबार १८:५७

बैशाख, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटी सदस्य दोर्जे लामा (विशाल)ले आफू माओवादी केन्द्रमा नै कृयाशील रहेको बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी केन्द्रमा नै कृयाशील रहेको र अहिलेसम्म कतै कुनै पार्टीमा नगएको उल्लेख गरेका हुन् ।

आफू विगत लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नीति, विचार, सिद्धान्तमा प्रतिवद्ध रहेर सकृयतापूर्वक संगठनमा कृयाशील भई भूमिका निर्वाह गर्दै आएको उनले जनाएका छन् । यसअघि भुलवश नेपाल कम्युनिष्ट पार्टी एमाले (केपी ओली समूह)मा प्रवेश हुनेको लिस्टमा आफ्नो नाम पनि पुगेको लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी सदस्य लामाले गम्भीर आत्मसमीक्षा सहित प्रतिगामी कदमलाई साथ र समर्थन गर्न नसकिने निर्णयमा आफू पुगेको जनाएका छन् । आफू आवद्ध नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र)मा नै रही कृयाशील रहने प्रतिवद्धता विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*