तामाङ चलचित्र ‘मि लोभी’ हेटौडामा प्रदर्शन
बैशाख, हेटौडा – तामाङ कथानक चलचित्र ‘मि लोभी’ को हेटौडामा प्रदर्शन गरिएको छ । नयाँ बर्षको अवसरमा बैशाख १ र २ गते तामाङ भाषा र सँस्कृतिमा आधारित चलचित्र मि लोभीको बिशेष प्रदर्शन गरिएको हो ।
चलचित्र हेर्न दुवै दिन उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो । दुई सो प्रदर्शन भएको चलचित्र हेर्न पुगेका दर्शकहरु हलको सीट नपुगेर उभिएरै हेरेका थिए ।
तामाङ चलचित्र हेर्न यतिको संख्यामा दर्शक आउनु सुखद रहेको चलचित्रका निर्देशक बाबु थिङ्गले बताए । उनले दुई दिन दुई शो देखाइएको चलचित्र हेर्न दर्शकको घुइँचो लागेकोमा खुशी लागेको बताइ ।
प्राय गरि हलमा प्रदर्शनको मौका नपाइने र पाइहालेमा पनि दर्शक नपाइने समस्या तामाङ चलचित्रको लागि छ । तर मि लोभी हेर्न दर्शकको सहभागिता देख्दा तामाङ चलचित्रमा दर्शकको रुचि बढेको देखिन्छ ।
चलचित्र मि लोभी पुराना चलचित्रकर्मी बाबु थिङ्गले निर्देशन गरेका हुन । आइसिङ घलानले निर्माण गरेको चलचित्रमा प्रकाश रुम्बा र सुस्मा थिङ्ग मुख्य भुमिकामा छन ।
चलचित्रले तामाङ समुदायको भाषा, सँस्कृति र ग्रामीण जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन । चलचित्रमा गीत सँगीत, द्धन्द र कथावस्तुले दर्शकको मन जितेको छ ।