कोरोनाबाट थप ८ जनाको मृत्यु, १२८१ जनामा संक्रमण पुष्टि

ताम्सालिङ खबर
६ बैशाख २०७८, सोमबार १८:३२

बैशाख, काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ, भने १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ५५ जना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*