कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

ताम्सालिङ खबर
५ बैशाख २०७८, आईतवार ०८:५४

बैशाख, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो ।

उहाँले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्नु भएको हो ।

तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए ।

एमालेले कर्णाली प्रदेशको कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी ‘फ्लोर क्रस’ गर्ने तीन जनालाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*