नेकपा (माओवादी केन्द्र) द्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध

तामसालिङ खबर
२ बैशाख २०७८, बिहीबार १८:२६

बैशाख, हेटौडा – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीबारको प्रदेशसभा बैठक चल्न नदिएको हो ।

माओवादीले बैठकमा अवरोध सिर्जना गरे सँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । माओवादीले सदन अवरुद्ध गरेको योसँगै लगातार चौथो पटक हो ।

‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी रहेको छ’, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफूहरुको माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी दिए ।

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहरुले समेत समर्थन जनाएका छन् । – इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*