५ वर्षभित्र ओटीसी बजारमा १ सय ३६ कम्पनी दर्ता

तामसालिङ खबर
३ बैशाख २०७८, शुक्रबार ०७:५९

बैशाख, काठमाण्डौ – करीब ५ वर्षमा ओभर दि काउन्टर (ओटीसी) बजारमा कारोबारका लागि १ सय ३६ ओटा कम्पनी दर्ता भएका छन् । यीमध्ये चालू आर्थिक वर्ष ९आव० २०७७र७८ मा मात्रै १४ ओटा ओटीसीमा दर्ता भएका छन् । ओटीसी दर्ता शुरू गरेको करीब डेढ वर्षसम्म करीब २० ओटा कम्पनी मात्रै दर्ता भएका थिए । नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०मा सूचीकृत नभएका वा नेप्सेको सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर कारोबार ओटीसीमार्फत गरिन्छ ।

अहिले ओटीसीमा दर्ता गर्ने कम्पनी संख्या बढ्दै जानुको कारण लगानीकर्ता सचेत हुँदै गएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चन्द्र सिंह साउदको भनाइ छ । अहिले ओटीसीमा दर्ता नभए कम्पनी रजिस्ट्रारको कार्यालयले पनि रेकर्ड राख्न गाह्रो मान्ने भएकाले दर्ता संख्या बढेको उनले बताए । कम्पनी रजिस्ट्रार कार्यालयले कम्पनीको शेयर नामसारी तथा किनबेच अनिवार्य रूपमा ओटीसी बजारमार्फत गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको   छ ।

चालू आवमा ओटीसीमा राम्रो दर्ता तथा कारोबार भएको छ । नेप्सेका अनुसार दर्ता हुन आएकोमा अस्पतालहरू, शैक्षिक संस्था, जलविद्युत् कम्पनी रहेका छन् । पब्लिकमा गई नसकेका जलविद्युत् कम्पनीहरू पनि ओटीसीमा दर्ता भएका छन् ।नेप्सेका अनुसार चालू आवमा मात्रै ओटीसीमा २ सय ८७ पटक कारोबार भएको छ । ती कम्पनीको ८६ लाख ४३ हजार ९ सय ६९ कित्ता शेयरबाट रू। २ अर्ब ६४ करोड ८४ लाख ५२ हजार बराबरको कारोबार भएको छ ।

ओटीसी बजारमा दर्ता संख्या र कारोबार बढ्दै गएपछि नेप्सेले थप व्यवस्थित गर्न कार्यविधि बनाउन समिति गठन गरेको छ । नेप्सेका निरञ्जन फुयालको संयोजकत्वमा बनेको समितिमा सीडीएस एन्ड क्लियरिङ हाउस, मर्चेन्ट बैंकर्सको र कम्पनी रजिष्ट्रार कार्यालयको प्रतिनिधिलगायत रहेका छन् । करीब २ साताअघि गठित उक्त समितिले यसअघिको कार्यविधिलाई संशोधन गरी समयअनुकूल बनाउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए ।

‘समितिले ओटीसी बजारलाई थप विकास गर्न केके गर्न सकिन्छ भनेर गृहकार्य गर्छ,’ उनले थप्दै अभियानसँग भने । नेप्सेले ओटीसीलाई देशव्यापी बनाउन यसअघि नै काम थाल्ने भनेको थियो । तर, यसका लागि प्रविधि छुट्टै हुनुपर्ने भएको र यो कारोबारबाट हुने आम्दानीले खर्च धान्ने अवस्था नभएकाले समयअनुकूलको कार्यविधि बनाउन लागेको सीईओ साउदले बताए । ‘यसकारण सबैसँग छलफल गरेर अघि बढ्न खोजेका छौं । यसअघि ओटीसीको कार्यदिशा बनाएर कार्यविधि ल्याइएको थियो तर मूल्य, करलगायत विषय स्पष्ट थिएन ।

यसकारण यो सबैलाई समेट्ने गरी कार्यविधि बनाउन काम गर्दै छौं,’ उनले भने । नेप्सेमा ओटीसीको दर्ता तथा कारोबार विसं २०७२ चैत १२ गतेबाट शुरू भएको हो । ओटीसी बजारमा कारोबार हुने कम्पनीमध्ये मारुती सिमेन्ट सबैभन्दा पहिलो कम्पनी हो । यसपछि ओटीसीमा क्रमशः नेपाल हाइड्रो डेभलपर, काठमाडौं फरेस्ट्री कलेज, ग्रोमोर मर्चेन्ट बैङ्कर लिमिटेडलगायत रहेका छन् ।

ओटीसी बजारको कारोबार दोस्रो बजारको जस्तो प्रभावकारी बन्न सक्तैन । किनकि यस्तो बजार अनियमित र आवश्यकतामा भर पर्ने भएकाले पनि खासै धेरै कारोबार भइरहँदैन । नेप्सेमा सूचीकृत भएका करीब २ सय ८८ ओटा कम्पनी छन् । तर, ओटीसीमा अहिलेसम्म १ सय ३६ ओटा कम्पनीले मात्र दर्ता गराएका छन् । कतिपय संस्था समस्याग्रस्त हँुदा नेप्सेको सूचीकरणबाट हटाए पनि ओटीसीमार्पmत कम्पनीको शेयर कारोबार गर्न पाउने सीईओ साउदको भनाइ छ । ‘ओटीसीमा फाट्टफुट्ट मात्रै कारोबार हुन्छ ।

आम लगानीकर्ता सबैलाई यस्तो शेयर दिएको हुँदैन । विशेष गरेर संस्थापक शेयरका लागि निश्चित व्यक्ति वा समूहमार्पmत किनबेच बढी हुन्छ,’ उनले भने । ओटीसीको बजार एकदम सक्रिय हुनुपर्छ भन्ने पनि छैन । यो एक प्रकारको निकासको व्यवस्था हो । कम्पनीभित्र शेयर लिएका शेयर होल्डरले चाहेको बेला किनबेच गर्ने सजिलो माध्यम ओटीसी हो । ओटीसी आवश्यकतामा भरपर्ने भएकाले यसको आकर्षण नेप्से सूचीकृत कम्पनीको जस्तो    हुँदैन ।

संसारमा सबैभन्दा बढी कारोबार ओटीसीबाट हुने गरेको छ तर नेपालमा भने यस्तो कारोबार कमसल कम्पनीले मात्र गर्छन् भन्ने गलत धारणा भएको नेप्सेको भनाइ छ । यस्तो गलत धारणाले गर्दा धेरै कम्पनी ओटीसीमार्फत जान नचाहेको हुन सक्छ । ओटीसीमा कारोबार हुन नेप्सेमा सूचीकृत नभएका वा नेप्सेको सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर हुनुपर्ने व्यवस्था छ । ओटीसी बजारमा कारोबार गर्न सम्बद्ध कम्पनीमा दर्ता हुनुपर्छ ।

बजारमा निःशुल्क रूपमा कम्पनी दर्ता गर्न सकिने व्यवस्था रहेको छ । तर, शेयर किनबेच भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । साथै नेपाल सरकारलाई पूँजीगत लाभकर बुझाउनुपर्छ ।

ओटीसी बजार सञ्चालन विनियमावली २०६५ अनुसार ओटीसी बजारमा धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरू र धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक शर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरू कारोबार गर्न सकिने छ । तर, ओटीसी बजारमा कारोबार गराउने अभिप्रायले कुनै पनि सूचीकृत कम्पनीको सूचीकरण खारेज नगरिनेसमेत विनियमावलीमा उल्लेख छ ।

ओटीसीमा हालसम्म दर्ता कम्पनी संख्या : १३६
आव २०७७/७८ मा दर्ता भएका कम्पनी संख्या : १४
आव २०७७/७८ मा कारोबार संख्या : २८७
आव २०७७/७८ मा कारोबार शेयर संख्या : ८६,४३,९६९
आव २०७७/७८ मा कारोबार रकम : २,६४, ८४, ५२,५०४

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*