क्यान्सर रोग पत्ता लगाउन हेटौडामा परिक्षण सुरु

ताम्सालिङ खबर
२ बैशाख २०७८, बिहीबार १८:२१

बैशाख, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडाको हेटौंडा अस्पतालमा क्यान्सर रोग पत्ता लगाउनका लागि परिक्षण सुरु गरिएको छ ।

शरिरका बिभिन्न भागमा क्यान्सर छ की छैन भनेर पत्ता लगाउनका लागि परिक्षण सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो ।

रगतका माध्यमले गरिने यो परिक्षणबाट महिलाको पाठेघरमा, अण्डकोषमा र पुरुषको प्रोस्टेड परिक्षणका लागि काम सुरु गरिएको उहाँले वताउनुभयो । यसैगरी शरिरको हड्डी कमजोर भएकाहरुलाई भिटामिन डी र शरिरमा भिटामिनको मात्रा पुग्छकी पुग्दैन भनेर गरिने दी १२ कोे परिक्षण सुरु गरिएको हो ।

सरकारी अस्पताल बाहिर परिक्षण गर्दा तेब्बर मुल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभाबकारी हुने डाक्टर श्रेष्ठले वताउनुभयो । अब मकवानपुरवासीले सामान्य बिरामी हुँदा पनि भरतपुर, काठमाण्डौं जानुपर्ने बाध्यता हटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*