अब घरमै बसेर आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न र हेर्न सकिने

तामसालिङ खबर
२ बैशाख २०७८, बिहीबार ०९:३६

बैशाख, काठमाण्डौ – आजबाट घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागबाट बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गरेका हुन् ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यस वाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको  बताए ।

उनका अनुसार बिहीबार यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*