मकवानपुर घरेलु उद्योग संघको अध्यक्षमा उप्रेती चयन

तामसालिङ खबर
३१ चैत्र २०७७, मंगलवार ११:४९

चैत्र, हेटौडा – मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा गणेशहरी उप्रेती चयन भएका छन् । हेटौंडामा सोमबार भएको आठौं जिल्ला अधिवेशनबाट उनी अध्यक्ष भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सुर्वणलाल श्रेष्ठ, द्धितिय उपाध्यक्ष होमराज मगर, महासचिवमा कुमार पौडेल, कोषाध्यक्षमा रामहरी तिमल्सिना, सचिवमा शिव प्रसाद खतिवडा (राजु) चयन भएका छन् ।

त्यस्तै, संघको सदस्यहरुमा बिष्णु कुमार नेपाल, सुर्य प्रसाद पौडेल, टंक काफ्ले, दिपेन्द्र कार्की, अमित श्रेष्ठ, मेनका श्रेष्ठ, चम्फुरत्न लामा, रिना गौतम, यतिराज सापकोटा, गिता मैनाली रहेका छन् ।

संघको नगर अध्यक्षमा तारा कार्की र महिला उद्यम समिति अध्यक्षमा सन्तोषी बानियाँ चयन भएका छन् । संघका अध्यक्ष तारानाथ चौलागाइको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष श्याम गिरीको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*