व्यक्तिगत घटना दर्ता अब अनलाइनबाटै गरिने

तामसालिङ खबर
३१ चैत्र २०७७, मंगलवार १२:४३

चैत, हेटौंडा – सरकारले यस आर्थिक वर्षभित्र अनलाइन पद्धतीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या ५ हजार पु¥याउने लक्ष्य राखेको छ ।

गएको असार मसान्तसम्म २ हजार ८ सय वडा कार्यालयबाट अनलाइन घटना दर्ता हुने गरेकोमा अहिले बढेर ४ हजार २ सय पुगेको छ ।
देशभरका ६ हजार ७ सय ४३ वडामध्ये बाँकी वडाहरूमा इन्टरनेटको पहुँच पुर्याउन पहल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

जन्म र मृत्युका घटना ३५ दिनभित्रै दर्ता गराउनेको सङ्ख्या ६३ प्रतिशत मात्रै रहेको महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।
जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्याउन सरकार लागिपरेको उनको भनाइ छ ।

व्यक्तिगत घटना (जन्म, विवाह, सम्बन्ध बिच्छेद, बसाइसराइ र मृत्यु) दर्ता गर्न छुटेकाहरुका लागि वैशाख १ देखि १६ सम्म अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*