कोगटेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताम्सालिङ खबर
७ चैत्र २०७७, शनिबार १९:०६

चैत्र, हेटौडा (भीमफेदी) – विदेशी नागरिक मार्कुस बेलिङ्गरको सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरको भिमफेदी गाउपालिका वडा नम्बर ७ कोगटे मेल्टारमा रहेको श्री माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग भएको हो ।

सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन बिहिबार विद्यालय पुगेर सामग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययन गर्ने ३५ जना विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, खेलकुद सामग्री र शैक्षिक सामग्री वितरण गरिएको छ । जर्मनीबाट जल्मा स्याङ्तानको पहलमा विदेशी नागरिक मार्कुसले विपन्न, गरिब तथा पिछडिएका विद्यार्थीहरुलाई सहयोग गरेको र विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सामग्री सहयोग गरेको अभियन्ता लोप्चनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आचार्य , विद्यालयका प्रधानाध्यपक सुब्बा आले, अन्य शिक्षा शिक्षिका र अभिभावकहरुको उपस्थितिमा सामग्री वितरण गरिएको सञ्चारकर्मी लामाले बताए । वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक आलेले सहयोगीदातालाई धन्यवाद दिएका छन् ।

यसअघि सञ्चारकर्मी लामाको नेतृत्वमा मकवानपुरगढी–५ मा रहेको ज्योति प्रा.वि , मनहरी गाउँपालिका–२ मा रहेको सिता मावि र मकवानपुरगढी–७ मा रहेको बागेश्वरी प्रा.वि मा सामग्री वितरण गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*