माओवादी केन्द्रको केन्द्रीय समितिमा ६ एजेण्डा

तामसालिङ खबर
१ चैत्र २०७७, आईतवार १३:५०

चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ६ वटा एजेण्डा तय भएका छन् ।

एजेण्डाहरुमा सहिदहरु प्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा छन् ।

विविध एजेण्डामा भने पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल रहेको स्रोतले बताएको छ । त्यस्तै, एमालेमा गएका सांसद र मन्त्रीहरुलाई कारवाही, सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायतका एजेण्डामा पनि छलफल हुनेछ ।

वर्तमान राजनीतिक परिस्थिति, सत्ता समीकरण, ओलीको बहिर्गमन, कम्युनिष्ट एकता लगायतका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*