काभ्रेकी सफलता थिङले जितिन्, मिस तामाङ २०२१ को उपाधि
फाल्गुन, हेटौडा – मिस तामाङ २०२१ को ताज काभ्रेकी सफलता थिङ तामाङले जितेकी छिन् । शुक्रबार भएको फाईनल राउण्डमा पुगेका अन्य ४ जना प्रतियोगीहरुलाई पछाडि पार्दै उनले ताज जितेकी हुन् । उनले मिस तामाङको क्राउनसँगै नगद १ लाख रुपैयाँ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी थिईन् । क्राउनका साथै सफलताले मिस तामाङको १० वटा सबटाईटल अवार्डहरुमध्ये ४ वटा अवार्ड पनि जितेकी थिईन् । उनले मिस बेष्ट वाक, मिस मल्टिमिडिया, मिस ईन्टलेक्चुअल र मिस मोष्ट पपुलर अवार्ड जितेकी थिईन् ।
सफलता कानुनकी विद्यार्थी समेत हुन् । उनले काठमाडौँ मोडल कलेजबाट अध्ययन गरेकी छिन् । सफलताले मिस तामाङ २०२१ को ताज जिते सँगै सिराहाकी पेमा पाख्रिन तामाङ फर्स्ट रनर अप भएकी थिईन् । उनले क्राउनसहित नगद ५० हजारका साथमा विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छिन् । पेमाले मिस भ्युअर्स चोईस अवार्ड पनि प्राप्त गरेकी थिईन् । सृजना स्कूल गोलबजारबाट अध्ययन गरेकी पेमाले सेन्ट लरेन्स कलेजबाट पनि अध्ययन गरेकी छिन् । त्यस्तै नुवाकोटकी सोनिया वाईबा तामाङ सेकेण्ड रनर अप भएकी छिन् । उनले क्राउन सहित, नगद ३० हजारका साथमा विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
सफलताले सेमिफाईनल र फाईनलमा निर्णायकहरुको प्रश्नको मन छुने जवाफ दिएकी थिईन् । मिस तामाङको उत्कृष्ट १० अर्थात सेमिफाईनलमा पेमा पाख्रिन तामाङ, सफलता थिङ तामाङ, सुस्मा घिसिङ तामाङ, सुजता तितुङ तामाङ, सोनिया वाईबा तामाङ, प्रतिभा लो तामाङ, रोशनी रुम्बा तामाङ, सिसम दोङ लामा, सञ्जिला ब्लोन लामा र दिपासा दोङ लामा पुगेका थिए । उत्कृष्ट १० मध्ये फाईनल अर्थात उत्कृष्ट ५ मा रोशनी रुम्बा तामाङ, सोनिया वाईबा तामाङ, सफलता थिङ तामाङ, पेमा पाख्रिन तामाङ र सिसम दोङ लामा छानिएका थिए ।
मिस तामाङमा विभिन्न १० वटा सबटाईटल अवार्डहरु पनि प्रदान गरिएको थियो । सबटाईटल अवार्डमा सर्वाधिक अवार्ड पाएर सफलता थिङ तामाङले तहल्का मच्चाएकी थिईन् । सफलताले १० वटा सबटाईटल अवार्डहरुमध्ये ४ वटा अवार्ड जितेकी थिईन् । उनले मिस बेष्ट वाक, मिस मल्टिमिडिया, मिस ईन्टलेक्चुअल र मिस मोष्ट पपुलर अवार्ड जितेकी थिईन् ।
त्यस्तै, मिस पर्सनालिटी सिसम दोङ लामा, मिस बेष्ट ट्यालेन्ट वर्षा पाख्रिन तामाङ, मिस फोटोजेनिक सनिता तितुङ तामाङ, मिस भ्युअर्स चोईस पेमा पाख्रिन तामाङ, मिस कन्जीनिआलिटी अर्थात मिस फ्रेण्डसिप सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्ट अवार्ड सुजता तितुङ तामाङले जितेकी थिईन् ।