मिस तामाङ २०२१ मा फेसबुक मार्फत सर्वाधिक भोट पाउने ५ प्रतियोगीहरु

चन्द्र घलान
२६ फाल्गुन २०७७, बुधबार १५:३२

फाल्गुन, हेटौडा – मिस तामाङ २०२१ को फाईनल यहि फागुन २८ गते शुक्रबार हुँदैछ । शुक्रबार दिउँसो होटल र्याडिसनमा हुने फाईनलमा उत्कृष्ट २३ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

उत्कृष्ट २३ मा परेका मिस तामाङ २०२१ का प्रतियोगीहरुलाई फेसबुक भोटिङ अर्थात लाईक, कमेन्ट र शेयरका आधारमा पब्लिक चोईस अवार्ड पनि प्रदान गरिनेछ । पब्लिक चोईस अवार्डका लागि कुन प्रतियोगीले कति भोट पाए अनि को छन् उत्कृष्ट ५ भित्र ? यस भिडियो सामग्रीमा पब्लिक चोईस अवार्डका लागि भएको भोटिङमा यो सामग्री तयार पार्दाको समयसम्म प्राप्त भोटका आधारमा सर्वाधिक भोट पाउने उत्कृष्ट ५ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ ।

सफलता थिङ तामाङ–मिस तामाङ २०२१ को पब्लिक चोईस अवार्डमा सर्वाधिक भोट पाउने पहिलो प्रतियोगी हुन् सफलता तामाङ । यो सामग्री तयार पार्दाको समयमा सफलताको तस्बिरमा एक हजारभन्दा बढी लाईक र ८ सय ८६ कमेन्टहरु प्राप्त भएका छन् । साथै उनको तस्बिरलाई १ हजार २ सयभन्दा बढी पटक शेयर गरिएको छ । सफलता काभ्रे निवासी हुन् । उनी कानुनकी विद्यार्थी समेत हुन् । उनले काठमाडौँ मोडल कलेजबाट अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १ हुन् ।

पेमा पाख्रिन तामाङ– मिस तामाङ २०२१ को पब्लिक चोईस अवार्डमा सर्वाधिक भोट पाउने दोस्रो प्रतियोगी हुन् पेमा पाख्रिन तामाङ । यो सामग्री तयार पार्दाको समयमा उनको तस्बिरमा ८ सय ९५ वटा लाईक र ४ सय ९४ कमेन्टहरु प्राप्त भएका छन् । साथै उनको तस्बिरलाई ८ सय ७२ पटक शेयर गरिएको छ । पेमा सिराहा निवासी हुन् । सृजना स्कूल गोलबजारबाट अध्ययन गरेकी पेमाले सेन्ट लरेन्स कलेजबाट पनि अध्ययन गरेकी थिईन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ३ हुन् ।

प्रतिभा लो तामाङ– मिस तामाङ २०२१ को पब्लिक चोईस अवार्डमा सर्वाधिक भोट पाउने तेस्रो प्रतियोगी हुन् प्रतिभा लो तामाङ । यो सामग्री तयार पार्दाको समयमा उनको तस्बिरमा ७ सय ४९ वटा लाईक र ४ सय ८० कमेन्टहरु प्राप्त भएका छन् । साथै उनको तस्बिरलाई ६ सय ४३ पटक शेयर गरिएको छ । प्रतिभा काभ्रेकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ११ हुन् ।

दिपाशा दोङ लामा– मिस तामाङ २०२१ को पब्लिक चोईस अवार्डमा सर्वाधिक भोट पाउने चौथो प्रतियोगी हुन् दिपाशा दोङ लामा । यो सामग्री तयार पार्दाको समयमा उनको तस्बिरमा ५ सय ९१ वटा लाईक र २ सय ६९ कमेन्टहरु प्राप्त भएका छन् । साथै उनको तस्बिरलाई ९ सय ३५ पटक शेयर गरिएको छ । दिपाशा काभ्रे तिमालकी हुन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर ७ हुन् ।

रोशनी रुम्बा तामाङ– मिस तामाङ २०२१ को पब्लिक चोईस अवार्डमा सर्वाधिक भोट पाउने पाँचौँ प्रतियोगी हुन् रोशनी रुम्बा तामाङ । यो सामग्री तयार पार्दाको समयमा उनको तस्बिरमा ४ सय ५७ वटा लाईक र २ सय ६३ कमेन्टहरु प्राप्त भएका छन् । साथै उनको तस्बिरलाई २ सय ६३ पटक शेयर गरिएको छ । रोशनी नुवाकोटकी हुन् । उनले मोर्गन ईन्टरनेशल कलेजबाट अध्ययन गरेकी छिन् । उनी मिस तामाङ २०२१ की प्रतियोगी नम्बर १९ हुन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*