बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्ताव

ताम्सालिङ खबर
२६ फाल्गुन २०७७, बुधबार ०९:५५

फाल्गुन, काठमाडौं – तत्कालिन नेकपाको अस्तित्व मेटाउँदै नेकपा एमाले र नेकपा एकता केन्द्रलाई ब्युँउताइदिए पछि मुलुकमा सत्ता समिकरणको खेल तीब्र बनेको छ ।

यही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

बाबुरामलाई भेट्न टोेखास्थित निवासमै पुगेका प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । मंगलबार साँझ ७ बजेबाट भएको भेट ८ बजे सकिएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।

त्यसअघि प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् ।

उनले कांग्रेस या जसपा मध्ये एकलाई सरकारको नेतृत्वका लागि मनाउन लागिपरेका छन् । तर, दुवै दलको आ-आफ्नै अडान राख्दै आएको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*