सुरक्षा गार्ड र कम्पनी सम्बन्धीको काम अब हेटौडाबाट हुने
फाल्गुन, हेटौडा – प्राईभेट तथा पब्लिक कम्पनी सम्बन्धीको सम्पूर्ण काम अब बागमती प्रदेशको राजधानी हेटौडाबाट हुने भएको छ । चितवनमा लोकप्रियता कमाएको गढी बिजनेश म्यानेजमेन्ट प्रालि र गडी सेक्युरिटी सर्भिसेसले आफ्नो सेवा बिस्तार गर्दै अब हेटौडाबाट सेवा दिने भएको हो ।
भरतपुरबाट सेवा बिस्तार शुरु गरेको गढी बिजनेश म्यानेजमेन्ट प्रालि दोस्रो शाखा कार्यालयको रुपमा हेटौडामा बिस्तार भएसंगै कम्पनि संचालकहरु अब कम्पनि रजिष्टार कार्यालय कठमाण्डौ जानै नपर्ने गरी बागमती प्रदेशको राजधानी हेटौडाबाट सेवा दिइने कार्यालय प्रमुख अश्विन गोलेले बताउनु भयो ।
प्रबन्ध–पत्र, नियमावली (विधान) तयार पार्ने, सम्पूर्ण कम्पनीहरुको नविकरण पुँजी वृद्धि राखरे खरिद-बिक्री, नामसारी, ठाउसारी, नेट इन्ट्री,
सेवाबाट सहजिकरण एवम् अध्यावधिक कार्य गरिने छ । भ्याट वाला करदाताहरुको मास्केवारी विवरण अनलाइन सेवाबाट नेट इन्ट्री गरिने, नयाँ व्यवसायीहरुको प्यान दर्ता प्रमाणपत्र लिनको लागि ब्यबस्था गरी वार्षिक कार्य विवरण तयार गरिने प्रमुख गोलेले बताउनु भयो ।
त्यस्तै, विभिन्न कम्पनी, उद्योगी तथा व्यवसायीहरुको लेखा, आय–व्यय खरिद बिक्री गरिने संगै कन्स्ट्रक्शन सम्बन्धि ‘घ’ वर्गको ठेक्का पट्टाको लाइसेन्स समेत बनाइने सुबिधा रहेको छ ।
ड्राइभिङ सम्बन्धि तालिम (प्रि-ट्राइल) र लाइसेन्स निकाल्न समेत सहजिकरण गरिने छ । त्यस्तै, सेक्युरिटी सम्बन्धि बिभिन्न किसिमको तालिमहरु, सम्पूर्ण किसिमको कामदार सर्भिस, हस्पीटल, बैंक, एनजिओ आइएनजीओ, उद्योग, होटल, बोर्डिङ, कलेज, इभेन्ट प्रोग्रम, मेला महोत्सब, भिआइपि भिभिआइपि, सवारी सेक्युरेटी सर्भिस लगायतका सुबिधाहरु रहेको प्रधान कार्यालयका प्रमुख अश्विन गोलेले बताउनु भयो ।
गढी बिजनेश म्यानेजमेन्ट र गडी सेक्युरिटी गार्डको प्रधान कार्यालय चितवनको भरतपुरमा अबस्थित छ । पहिलो सम्पर्क कार्यालय कठमाण्डौ खोलिएको छ भने दोस्रो सम्पर्क कार्यालयको रुपमा हेटौडामा सेवा बिस्तार गरिएको छ ।