प्रेस संगठन मकवानपुरको संयोजकमा थापा चयन, सह-संयोजकमा शर्मा र चौलागाई

ताम्सालिङ खबर
१८ फाल्गुन २०७७, मंगलवार ०७:१६

फाल्गुन, हेटौडा – प्रेस संगठन नेपाल मकवानपुरको संयोजकमा अञ्जली थापा चयन हुनु भएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा सोमबार सम्पन्न प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलाले थापालाई संयोजकको जिम्मा दिएको हो ।

भेलाले संगठनको सह-संयोजकमा एमपी शर्मा र शिव चौलागाईलाई चयन गरेको छ, भने सचिवमा नविन तिमल्सीना चयन हुनु भएको छ ।
भेलाले बागमती प्रदेश अन्तरगत दश वटै जिल्लाको संगठनको संयोजक, सह-संयोजक र सचिवहरुको टुङ्गो लगाएको हो ।

संगठनका केन्द्रिय अध्यक्ष महेश्वर दाहालले संगठनको प्रदेश संयोजक, सह-संयोजक, सचिव र सदस्यहरु सहित जिल्लाका संयोजक सह-संयोजक र सचिवलाई सपथ ग्रहण गराउनु भएको हो ।

नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् प्रेस संगठन नेपालका सह-इञ्चार्ज तथा संयोजक महेश्वर दाहाल, नेकपा केन्द्रीय सदस्य एवम् सह-इञ्चार्ज ओम शर्मा र नेककपा केन्द्रीय सदस्य एवम् सह-इञ्चार्ज, विष्णु रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सांसद तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, सांसद प्रेम बहादुर पुलामी, प्रेस संगठन नेपालका सह-संयोजकहरु विश्वमणि सुवेदी, विष्णु सापकोटा, महासचिव राजेश राई मनोज घर्ती, संगठनको बागमती प्रदेश इन्चार्ज रामकुमार एलन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संगठनका प्रदेश संयोजक सुनिल खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*