प्रधानमन्त्रीको शिलान्यासमा रेकर्ड : १५ दिनमा ३५ शिलान्यास

तामसालिङ खबर
१८ फाल्गुन २०७७, मंगलवार ०६:४१

फाल्गुन, काठमाडौं – अहिले जताततै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यासै शिलान्यासका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।

१५ दिनमा दलबल सहित दर्जनौँ सिलान्यासका गरिरहनुभएका प्रधानमन्त्री ओलीले यस बीचमा मात्र तीन दर्जन भन्दा बढी पुल तथा अन्य आयोजनाहरुको शिलान्यास गरेर रेकर्ड नै तोडे जस्तो देखिन्छ ।

सर्सती हेरौँ प्रधानमन्त्री ओलीले फागुन महिनाको बीच अवधिमा विभिन्न मितिमा शिलान्यास गर्नुभएका पुल तथा अन्य योजनाहरु:

– फागुन १६ गते आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं.५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास
– फागुन १ गते बुटवल उपमहानगरपालिका–३ चिँडियाखोलाबाट पाल्पाको तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबलकार आयोजनाको शिलान्यास
– फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चन्द्रागिरी नगरपालिका–१ दहचोक इन्द्रदह स्थित काठमाडौं उपत्यका भ्युटावरको शिलान्यास
– फागुन १० गेत महेन्द्रनगरमा औद्योगिक क्षेत्रको शिलान्यास

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*