तामाङ चलचित्र ‘तिङ्ला पुजु’ हेटौडामा प्रिमियर प्रदर्शन

ताम्सालिङ खबर
१६ फाल्गुन २०७७, आईतवार ०९:३७

फाल्गुन, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा तामाङ कथानक चलचित्र ‘तिङ्ला पुजु’ को प्रिमियर प्रदर्शन भएको छ । बिश्वब्यापी कोरोना र लकडाउनले गर्दा थलिएर बसेको नेपाली तथा तामाङ चलचित्र हलमा प्रदर्शन गर्ने क्रमको शनिबार तामाङ चलचित्र ‘तिङ्ला पुजु’ ले हेटौडाको ओम म्याक्स हलबाट प्रदर्शन शुरुवात गरेको हो ।

नेपाल तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा भएको प्रिमियर प्रदर्शनमा उहाले सम्बोन्धन गर्नु हुँदै तामाङ चलचित्रको अग्रज भगवान रुपी दर्शकको अथाह माया साथले गर्दा अहिले तामाङ चलचित्र यो अबस्थामा ल्याउन सफल भएका छौ । तामाङ चलचित्रले मनोरंजन मात्र नभएर हाम्रो धर्म, सस्कार, रितिरिवाज बारे नेपालमा मात्र बिश्वब्यापीकरण गराउन सफल हुँदा हामी चलचित्र कर्मी गर्भवान्बित भएका छौ । उनले भने

बिश्वब्यापी कोरोना भाइरसले अस्तव्यस्त बनाइरहेको अबस्थामा पनि चलचित्र ‘तिङ्ला पुजु’ को हेटौडाबाट प्रदर्शन शुरुवात गरेकोमा चलचित्र टिमलाई धन्यबाद ब्यक्त गरेका छन् ।

चलचित्रमा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् ।

प्रिमियर प्रदर्शन कार्यक्रममा चलचित्र ‘तिङ्ला पुजु’ को टिम, मकवानपुर तामाङ कलाकार संघका पदाधिकारीहरु, संचारकर्मी, समाजसेबी लगायतलाई मायाको चिनो सहित खादाद्वारा सम्मान गरिएको छ ।

चलचित्रको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रको कथा पनि रुम्बाले नै लेखेका हुन् ।

प्रिमियर प्रदर्शन कार्यक्रममा नेपाल तामाङ घेदुङको जिल्ला सचिब आत्माराम मोक्तान, मकवानपुर खेलकुद बिकास समितिको अध्यक्ष सानु लामा दोङ, मकवानपुर तामाङ कलाकार संघको अध्यक्ष धिरेन लामा, उपाध्यक्ष राधिका स्याङ्तान, लगायत विभिन्न संघसस्थाका समाजसेबी, बुद्धिजिबी, कलाकार, दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*