प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेला हेटौंडामा हुने, भेला सफल बनाउन बिभिन्न उपसमिति गठन

ताम्सालिङ खबर
१५ फाल्गुन २०७७, शनिबार २३:५९

फाल्गुन, हेटौडा – प्रेस संगठन नेपालको बागमती प्रदेशको ऐतिहासिक प्रादेशिक भेला प्रदेश राजधानी हेटौडामा हुने भएको छ । भेलाको तयारी स्वरुप शनिबार विभिन्न समिति उपसमिति गठन भएका छन् ।

यहि फाल्गुन १७ गते सोमबार हेटौंडामा हुने भेलाको तयारी गर्नको लागि शनिबार बसेको बैठकले आवास,भोजन,स्वागत,घोषण पत्र,प्रचारप्रसार,प्राबिधिक लगायत उपसमिति निर्माण गरेको प्रेस संगठन नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले जानकारी दिनु भयो ।

प्रदेश भेलामा संगठनका संयोजक सुनिल खड्काको संयोजनमा रहने गरि मुल आयोजक समिती गठन भइसकेको छ । भेलाले १० वटा जिल्लाका नेतृत्व चयन गर्ने तयारी गरेकोले पनि यस भेलालाई महत्त्वका साथ हेरिएको छ ।

भेलालाई सफल बनाउन गठन भएका उपसमितिहरुमा आवास तर्फ धुर्ब अधिकारी, नवीन तिमल्सिना र शिव बियोगी रहेका छन् । अतिथि सत्कारमा राजन दाहाल, रन्जिता ढंगोल, दुदुमाया सिन्तान, मन्च ब्यबस्थापनमा शिवकुमार काशी, भावना रिजाल, घोषणा पत्र तर्फ कृष्ण सारु मगर, अञ्जली थापा, भोजन तर्फ एमपि शर्मा, मिना श्रेष्ठ, प्रचारप्रसार तर्फ रुपक कालिराज, अशोक सुजन श्रेष्ठ, प्राबिधिक तर्फ दिलबहादुर लामा, अर्जुन सन्जेल, सरला अधिकारी चयन भएका छन् ।

गठन भएका उपसमितिहरु आवश्यकता अनुसार थप गरेर प्रदेशको दोस्रो भेलालाई सभ्य र भब्य रुपमा सम्पन्न गरिने संयोजक खड्काले जानकारी दिनु भयो । १७ गते बिहान सुरु हुने भेलालाई नेकपा स्थायी कमिटी सदस्य तथा प्रेस संगठन नेपालका इन्चार्ज योगेश भट्टराईले सम्बोधन गर्नु हुनेछ ।

प्रदेशको १० जिल्लाका संयोजक, उपसंयोजक सचिब लगायत करिब १ सय ५० जना पत्रकार भित्र्याउने उदेश्यसहित तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*