प्रचण्डको सुरक्षामा खटिएका पाण्डे को हुन् ?

तामसालिङ खबर
९ फाल्गुन २०७७, आईतवार १२:५०

फाल्गुन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकू परिचालन गरिएको छ । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या कटौती गरेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकू खटाइएको हो ।

पूर्वलडाकू प्रकाशचन्द्र पाण्डे (प्रलोक)को कमाण्डमा पूर्वलडाकूको स्पेशल टिम खटिएको छ । प्रलोक स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । उनी सशस्त्र द्वन्द्वकालमा बटालिन कमान्डर सम्म भएका थिए ।

उनको टोलीले प्रचण्डको निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर काम गर्ने प्रचण्ड–नेपाल समूहका नेता युवराज दूलालले जानकारी दिए ।

उनले प्रचण्डको सुरक्षामा खटिएका पूर्वलडाकूहरुको ड्रेसकोड तोक्ने तयारी भइरहेको जानकारी दिए । दुलालले प्रचण्डलाई सुरक्षा थ्रेट भएकाले पूर्वलडाकू परिचालन गरिएको जानकारी दिए । गृह मन्त्रालयले भने सुरक्षा थ्रेट भएको महसुस हुनेले निवेदन दिन सक्ने जानकारी दिएको छ ।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षा थ्रेट भएको महसुस हुने पूर्वपदाधिकारीले गृहमा कारण सहित निवेदन दिए आवश्यकता हेरेर सुरक्षाकर्मि थप गर्न सकिने बताए । यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट २६ र सशस्त्र प्रहरीबाट ४७ जना सुरक्षाकर्मी खटिएका थिए ।

सरकारले पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ जारी गरेर पूर्वपदाधिकारीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*