पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य उपचारका लागि दिल्ली जाँदै

तामसालिङ खबर
९ फाल्गुन २०७७, आईतवार ०९:३७

फाल्गुन, काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आज (आइतबार) नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयाे ।

पाण्डेका अनुसार नेता भट्टराईलाई चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेका छन् । दिल्लीमा उहाँको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

पेटमा समस्या देखिएपछि उहाँले काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आउनुभएकाे छ । उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*