नेकपा (ओली समूह) मा फर्किँदै शेरबहादुर तामाङ

तामसालिङ खबर
९ फाल्गुन २०७७, आईतवार ०९:०६

फाल्गुन, काठमाडौं – नेकपा प्रचण्ड-माधव समूहमा रहेका पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किने तयारी गरिरहेकाे बताइएकाे छ ।

प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किने तयारीमा रहेको जनाइएको छ । प्रचण्ड–माधव समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखिएपछि दुवैजना ओली पक्षतर्फ नै फर्कन लागेको बताइन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजन भएपछि शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा लागेका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । यसअघि संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ दम्पत्तिले विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका थिए ।

श्रीमती उषाकला र श्रीमान शेरबहादुर दम्पतीले थालेको अभियानले गर्दा गाँजा खेती कानुनी मान्यता दिलाउने विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरुले घरेलु रक्सीलाई ब्राण्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*