‘फुलबुट्टे सारी’को लिजेण्डरि भर्सनमा बरिष्ठ कलाकार मदनकृष्णको आवाज (भिडियो)

तामसालिङ खबर
५ फाल्गुन २०७७, बुधबार २०:४१

फाल्गुन, काठमाडौँं – बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, फिमेल र चाइल्ड भर्सनमा केही पहिले आएको गीत लिजेण्डरि भर्सनको रुपमा मदनकृष्णको स्वरमा रेकर्ड गरिएको हो ।

राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत १२ वर्ष अगाडि फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो भने चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी थिइन् ।

यो गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनय रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन भिडियोमा रहेको छ ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*