स्वास्थ्यचौकी भवन निर्माणको लागि ८ कठ्ठा जग्गादान

ताम्सालिङ खबर
२३ माघ २०७७, शुक्रबार १९:०९

माघ, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकामा नयाँ स्वास्थ्य चौकी भवन निर्माणको लागि राइगाउँ निवासी धनबहादुर विक, हस्तबहादुर विक र रत्नबहादुर विकले ८ कठ्ठा जग्गादान गरेका छन् ।

गाउँपालिकाले स्वास्थ्यचौकी उत्तरोन्नती गरी सुविधासम्पन्न स्वास्थ्य चौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्ने भवनको लागि तीन जनाले जग्गा निःशुल्क दान गरेका हुन् ।

राईगाउँ स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण गर्न शिलान्यास भएको छ । वडाध्यक्ष जगतबहादुर भोलन र जग्गादाता धनबहादुर विकले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै जग्गादाता विकले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँचका लागि आफुले स्वास्थ्यचौकीलाई निःशुल्क जग्गा प्रदान गरेको बताए । ५ कोठे स्वास्थ्यचौकी भवन भुकम्पप्रतिरोधी, जेष्ठ नागरक र अपांगतामैत्री बन्ने वडाध्यक्ष भोलनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*