संविधान बचाउनको लागि अदालत पुगेको सभामुख सापकोटाको स्पष्टोक्ति

ताम्सालिङ खबर
२३ माघ २०७७, शुक्रबार १८:४२

माघ, काठमाण्डौ – विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जुहारी खेल्न नचाहेको बताएका छन्।

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि शुक्रबार संसद सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग जुहारी खेल्ने पक्षमा नरहेको बताएका हुन्।

माघ १८ गते संसदीय सुनिवाइका लागि आएका नाम सभामुखले फिर्ता गरिदिएपछि त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले सभामुखप्रति अशिष्ट आलोचना गरेका थिए। ओलीले भनेका थिए, ‘हु इज सभामुखरु नियुक्तिको विषय काभ्रेमा लामालाई खाल्डो खनेर पुरेजस्तो हो र ?’

त्यसबारेमा सोधिएको प्रश्नमा उनले आफू प्रधानमन्त्रीसँग जुहारी नखेल्ने र यस्ता विषय आफ्ना व्यवहार र आचरणबाटै पुष्टि गर्ने बताएका हुन्। उनले भने, ‘मेरो आफ्नै विशेषता र मौलिकता छ। त्यसलाई म यताउति गर्न चाहन्न।’

प्रधानमन्त्रीबाट पटक–पटक श्रृङ्खलावद्ध रुपमा संविधानको उल्लंघन भएकोले संविधानको रक्षाका लागि अदालत जानु परेको सभामुख सापकोटाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*